मन्त्री सुदन किराती ,जनमतको कदर गर्दै रवि लामिछानेलाई रोजेको मन्त्रालय दिउँ
मन्त्री सुदन किराती ,जनमतको कदर गर्दै रवि लामिछानेलाई रोजेको मन्त्रालय दिउँ
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनु पर्ने बताएका छन् ।

शुक्रवार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

होटल पौवामा आयोजित होटल सेवा व्यवस्थापनसम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् ।

यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’

हजारौं जनताको बलिदानीबाट प्राप्त व्यवस्थाले अझै जरा गाड्न नसक्दा जनताको दैनिकी दयनीय बन्दै गइरहेको उनको भनाइ थिायो ।

‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ, यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोस हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो ।

हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ’ मन्त्री किरातीले भने ।

साताकाे चर्चित
सम्बन्धित