भारत उपचाररत नेता भण्डारी भोलि स्वदेश फर्किँदै
भारत उपचाररत नेता भण्डारी भोलि स्वदेश फर्किँदै
    • Bell Sanchar

    • १६ बैशाख २०८०, शनिबार

काठमाडौं

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्किने डा भण्डारीनिकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको उनले बताए । भण्डारी बोल्ने र हिँड्डुल गर्न थालेका छन् ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित