प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गर्दै
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गर्दै
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गर्दैछन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा हुने विरोध कार्यक्रम आजबाट एक हप्तासम्म सन्चालन हुने छ ।

एशोसिएसनले यसअघि पत्रकार सम्मेलन गरेर र त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश छिटो नियुक्त गर्न ध्यानाकर्षण गराएको थियो ।

लगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संवैधानिक परिषदको बैठक आह्वान गरेका थिए ।
तर बैठकमा सहमति नजुटेपछि थप न्यायाधीश सिफारिस हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषदमा अध्यक्षको असहमतिका बाबजुद बहुमतले निर्णय गर्नसक्ने प्रावधान राख्नुपर्ने अडान लिएपछि संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा न्यायाधीश नियुक्तिमा पनि विलम्ब भएको छ ।

न्यायपालिका १४ महिनादेखि नेतृत्वविहीन भएपछि नेपाल बार एशोसिएसनले आज बिहान ११ बजे विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित