सरकारले भोलिसम्म महावीर पुनका माग सम्बोधन गर्ने
सरकारले भोलिसम्म महावीर पुनका माग सम्बोधन गर्ने
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच टोली बनाएर विस्तृत वार्ता गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो रक्षा मन्त्रालयमा भएको सम्वादमा दुवै तर्फबाट एउटा टोली बनाएर विस्तृत वार्ता गर्ने सहमति भएको पुनले जानकारी दिए ।

पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको उनले बताए ।

उनका अनुसार वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागी सहभागी थिए भने पुनसँगै उनका दुई जना प्रतिनिधि सहभागी थिए ।

‘रक्षा मन्त्रालयमा उपप्रधानमन्त्रीसँग भएको वार्ता सकारात्मक भएको छ । उहाँले केही सुझाव माग्नुभयो,’ सम्वादपछि पुनले भने, ‘कसरी अगाडि जाने भन्ने निर्णय गरेका छौँ ।

साँझ ५ बजेसम्म दुवै पक्षको टोली बनाएर विस्तृत वार्ता गर्ने निर्णय भएको छ । सकेसम्म रातारात गर्ने नभए भोलिसम्म माग पुरा गर्ने निर्णय भएको छ ।’

पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै विभिन्न चार बुँदे मागसहित शुक्रवारबाट माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

साताकाे चर्चित
सम्बन्धित