रविलाई प्रधानमन्त्रीको आग्रह– सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु
रविलाई प्रधानमन्त्रीको आग्रह– सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

चितवन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन भनेका हुन् ।

लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’

यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थनसमेत फिर्ता लिने बताएका थिए ।

प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत प्रचण्डको दाबी छ । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।

अहिले सरकार परिवर्तन हुने विषय पनि भ्रममात्रै भएको प्रचण्डले दाहोर्‍याए । ‘सरकार यताउता हुन्छ भन्ने निकै ठूलो भ्रम हो । सरकार पाँच वर्ष नै चल्छ,’ उनले भने ।

साताकाे चर्चित
सम्बन्धित