आज कुन प्रदेशमा कस्तो छ मौसम
आज कुन प्रदेशमा कस्तो छ मौसम

लुम्बिनीमा हावा-हुरीको सम्भावना, तीन प्रदेशमा हल्का वर्षा हुने

    • Bell Sanchar

    • २७ बैशाख २०८०, बुधबार

काठमाडौं

हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित