सिँजा गाउँपालिका कृषि विकास शाखाले गर्‍यो विषादी रोक्न अन्तरक्रिया कार्यक्रम
सिँजा गाउँपालिका कृषि विकास शाखाले गर्‍यो विषादी रोक्न अन्तरक्रिया कार्यक्रम
    • उमेश बुढा

    • २७ बैशाख २०८०, बुधबार

जुम्ला ।

रासायनिक विषादी मल ( ब्यूटाक्लोर ) फलफूल बगैचामा तथा अन्य बालीमा प्रयोग नगर्नको लागि सिँजा गाउँपालिका कृषि विकास शाखाले रोक्नको लागि कृषक, जनप्रतिनिधि, राजनिती अगुवा व्यक्ति, प्रहरी, प्रत्रकार लगायतका व्यक्तिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मानिसको स्वास्थ्यलाई प्रत्यक्ष नकारात्मक असर तथा क्यान्सर जस्ता रोगहरुको लक्षण देखा पर्ने, महिलामा गर्भपतन तथा बाँझो पन हुने, खेतबारीको उत्पादकत्व घट्ने खेतबारी गोडमेल गर्ने महिलाको छालामा चिलाउने रोगको लक्षण देखा पर्ने, जिवजन्तुलाई प्रत्यक्ष असर पुगी गाईबस्तुको मृत्यु हुने लगायतका रासायनिक विषादीको प्रयोगले हुने नकारात्मक असरहरु हुने गर्छ, सिँजा गाउँपालिका कृषि शाखा प्रमुख मनिसा बुढाले बताइन् ।
पछिल्लो समयमा सिँजामा पनि खेतवारीमा रासायनिक मल प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको र जैविक मलको प्रयोग नगर्नाले मानव र जिवजन्तुमा असर पुर्याएको कृषकबाट शाखा कार्यालयमा गुनासो आए पछि विषादी रोक्नका लागि यो कार्यक्रम सञ्चालन गरेको कृषि विकास शाखा प्रमुख बुढाले भन्नु भयो ।

मुख्यतः महिलाहरुले गोडमेल गर्न सजिलो हुन्छ भनेर रासायनिक विषादीको प्रयोग गरेको देखिन्छ सिँजा गाउँपालिका आर्थिक विकास शाखा तथा कृषि विकास शाखा संयोजक हरिन्द आचार्यले बताए ।

आचार्यका अनुसार गोड्मेल गर्न सरल सहज भएता पनि माटोको उर्वराशक्ती घटाउने, मानव र जिवजन्तुलाई प्रत्यक्ष नकारात्मक असर पार्ने भएकाले यसलाई रोक्नको लागि ठुलो पर्यास गरेको संयोजकले बताए ।

सिँजा गाउँपालिकामा कृषकलाई जनचेतना जोगाउनको लागि टोल बस्तीहरुको पायक पर्ने ठाउँमा पम्पिलेट पोष्टर टाँस गरेको कृषि शाखाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित