किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
    • Bell Sanchar

    • २९ बैशाख २०८०, शुक्रबार

काठमाडौं

शुभद्रा मदन फाउन्डेसन’ मा पढ्ने किशोरीलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईलाई फाउन्डेसनबाटै शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेनुकुमार कार्कीले  जानकारी दिए ।

उनका अनुसार राईलाई अनुसन्धानका लागि नियन्त्रणमा दिइएको हो । उनीबारे थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

राईमाथि फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

उनी कृषि विज्ञका रूपमा समेत परिचित छन् ।

साताकाे चर्चित
सम्बन्धित