कनकासुन्दरी गाउँपालिकाले गर्‍यो , खोप सुनिश्चितता दिगोपना कार्यक्रम
कनकासुन्दरी गाउँपालिकाले गर्‍यो , खोप सुनिश्चितता दिगोपना कार्यक्रम
    • उमेश बुढा

    • ३० बैशाख २०८०, शनिबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले  खोप सुनिश्चितता दिगोपना कार्यक्रम गरेको छ ।

खोपले मानिसलाई सुरक्षित, रक्षा गर्ने, र स्वास्थ्यमा रोगले सिधै आक्रमण गर्नबाट बचाउने हुनाले खोप दिगोपना राख्नको लागि कार्यक्रम गरेको कनकासुन्दरी गाउँ
पालिका स्वास्थ्य शाखा प्रमुख लाल वहादुर बुढाले बताउनु भयो ।

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गरेको छ । यसलाई दिर्घकालिन खोप बनाउनको लागि पालिकाले यस्तो कार्यक्रम गरेको प्रमुख बुढाले बताए ।
मिति २०८० साल बैशाख ३० गतेका दिन कनकासुन्दरी गाउँपालिकाले आजको मितिबाट पूर्ण खोप सुनिश्चितताको दिगोपना पालिका घोषणा भएको हुँदा यसलाई निरन्तरता दिई आगामी दिनमा पनि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि कनकासुन्दरी गाउँपालिका कार्यपालिका सदस्य र कर्मचारीले प्रतिवद्दता गरेर हस्ताक्षर गरेको प्रतिवद्दतामा उल्लेख गरिएको छ ।

गोटिज्युला हुँदै गोरुचौरसम्म परिक्रमा गरेर पालिकाको अगाडि एक औपचारिक कार्यक्रम गरेको कनकासुन्दरी गाउँ पालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित