पशुपति क्षेत्र विकास कोषले निःशुल्क विद्युतीय शवदाहको व्यवस्था गर्ने
पशुपति क्षेत्र विकास कोषले निःशुल्क विद्युतीय शवदाहको व्यवस्था गर्ने
    • बेल संचार

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले निःशुल्क विद्युतीय शवदाहको व्यवस्था गर्ने भएको छ।

पशुपति क्षेत्रमा थप चार विद्युतीय शव दाहगृहको व्यवस्थागरी नि:शुल्क दाहसंस्कारको व्यवस्था गर्न लागिएको क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले जानकारी दिए ।

उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो।

पशुपतिमा अहिले दुई वटा विद्युतीय शव दाहगृहमध्ये एउटाको मेसिन बिग्रिएर एउटा सन्चालनमा रहेको छ ।

अहिले सन्चालनमा रहेको एक विद्युतीय शव दाहगृह र थप ४ वटा विद्युतीय शव दाहगृह निर्माणपछि पाँचवटा विद्युतीय शव दाहगृह हुने छन् ।

यी विद्युतीय शव दाहगृह निर्माणको काम सकिएसँगै सबै शवहरूको नि:शुल्क दाहसंस्कार गर्ने तयारी कोषले गरेको छ ।

अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेवापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाहगृहमा ४ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

नयाँ थप ४ विद्युतीय शव दाहगृह मेसिन खरिद गर्न कोषले आफ्नै स्रोतबाट ८ करोड रुपैयाँ छुट्टायाएको छ ।

साताकाे चर्चित
सम्बन्धित