निलम्बनबाट फर्केपछि पहिलो खेल खेलेका फरवार्ड लिओनल मेसीमाथि पिएसजीका समर्थकले विपक्षमा हुटिङ
निलम्बनबाट फर्केपछि पहिलो खेल खेलेका फरवार्ड लिओनल मेसीमाथि पिएसजीका समर्थकले विपक्षमा हुटिङ
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

निलम्बनबाट फर्केपछि पहिलो खेल खेलेका फरवार्ड लिओनल मेसीमाथि पिएसजीका समर्थकले विपक्षमा हुटिङ गरेका छन्।

शनिबार अजाकियोविरुद्ध पिएसजीले ५-० गोलको जित हात पारेको खेलमा मेसीविरुद्ध आफ्ना समर्थकले हुटिङ गरेका हुन्।

मेसीले मैदानमा बल पाउँदा पिएसजीका समर्थकले सिठ्ठी बजाएर विरोध गरेका थिए।

फ्रेञ्च क्लब पिएसजीले यसअघि मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो। निलम्बनपछि उनी पहिलो पटक पिएसजीको टिममा फर्किएका थिए।

अर्जेन्टिनाका कप्तान मेसीलाई क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरिएको थियो।

३५ वर्षीय मेसीले व्यावसायिक कामका लागि यात्रा गर्न अनुमति मागेको तर क्लबले अस्वीकार गरेको थियो।

साउदी भ्रमणका दौरान मेसीले साउदी अरबका लागि पर्यटन राजदूतको भूमिका गरेका थिए।

विश्वकप विजेता मेसीको पिएसजीसँगको दुई वर्षको सम्झौता यसै सिजन सकिँदैछ।

मेसीले पिएसजीका लागि सबै प्रतियोगितामा ७२ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन्। उनले गत सिजन लिग वानको उपाधि जितेका थिए।

निलम्बनसँगै मेसीले लिग वानका दुई खेल गुमाएका थिए।

साताकाे चर्चित
सम्बन्धित