परराष्ट्र मन्त्री साउदले भेटे बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई
परराष्ट्र मन्त्री साउदले भेटे बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ।

गण भवनमा आइतबार प्रधानमन्त्री हसिनासँग परराष्ट्र मन्त्री साउदले भेटवार्ता गरेको साउदको सचिवालयले जानकारी दिएको छ।

छलफलका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृण बनाउनेलगायत विषयमा कुराकानी भएको थियो।

साथै सीमापार, सम्पर्क सञ्जाल, व्यापार, पारबहन, ऊर्जा र शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रका विषयमा पनि भेटवार्तामा कुराकानी भएको साउदको सचिवालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित