आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
    • Bell Sanchar

    • १ जेष्ठ २०८०, सोमबार

काभ्रे ।

आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ ।

वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेको डीएसपी न्यौपानेले बताए ।

साताकाे चर्चित
सम्बन्धित