जुम्लाको सिँजामा खाना महोत्सव सम्पन्न
जुम्लाको सिँजामा खाना महोत्सव सम्पन्न
    • उमेश बुढा

    • २ जेष्ठ २०८०, मंगलवार

जुम्ला ।

जुम्लाको सिँजा क्षेत्रको केन्द्र बिन्दु मानिने नराकोट बजारमा १ दिने खाना महोत्सव सोमवार सम्पन्न भएको छ ।

खानाका परिकार महोत्सव प्रर्वद्वन कार्यक्रम परम्परागत साँस्कृतिक खाना महोत्सव सिँजा गाउँपालिकाले लगाएको हो ।

महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकार र पेय पदार्थहरुको स्टल राखिएका थिए । महोत्सव उद्घाटन गर्नु अघि स्थानीय मौलिक रैथाने पोसाक र साँस्कृतिक बाजा गाजासहित बजार परिक्रमा गरेका थिए । बाजा गाजासँगै बजार परिक्रमा पछि कार्यक्रम स्थल पुगेका थिए ।

यस्तो महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको बचाउ र विकास गर्नुका साथै सिँजा सभ्यताको पहिचान स्थापित गर्न मद्दत गर्ने सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् ।

उपाध्यक्ष रोकायाका अनुसार खानाका परिकारसँगै लोप हुँदै गएको संस्कार र संस्कृतिको जगेर्ना गर्नुका साथै पर्यटन विकास र स्थानीय प्यापार व्यवसाय प्रवर्दधन हुने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवले सिँजामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने भएकाले यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर गर्दै जानु पर्ने उनले भनिन् ।

कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

विभिन्न परिकारहरुका स्टलहरु प्रदर्शनी तथा विक्रिका लागि राखिएका थिए । जसमा : कोदाको रोटी , कोदाको सेल , फापरको केक , फापरको चिया , फापरको कफी , मकैको केक , मकैको खाना , मकैको रोटी , जौको रोटी , कागुनोको खिर , मकै भटमासका खाजा , आलु फापरको रोटी , ९ लगड ( सिमिको गेडागुडी , ९ कोल ) खसीको मासु , खरायोको मासु , हरियो सागपात , मार्सि चामलको भात लगायत खानाका परिकारहरु राखिएका थिए ।
नराकोट बजारमा होटल व्यवसाय गर्दै आएकाले २ महिना अघाडि स्थानिय रैथाने अन्नवालीबाट खानाका परिकारको तालिम पालिकाबाट लिएका थिए । त्यहि सिप आर्जन गरेर खाना महोत्सवमा स्टलमा राखेर व्यापार गरेका थिए ।

सिँजा गाउपालिकाले प्रत्येक महिनाको १ गते हाट बजार लगाउदै आएको र यस पटक हाट बजारसँगै खाना महोत्सव पनि भएको थियो ।

स्वास्थ्य सहायता कक्ष नराकोट स्वास्थ्य चौकीले खाना महोत्वमा राखेर २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएको इन्चार्ज जगत जिसीले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित