बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर सार्वजनिक
बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर सार्वजनिक
    • Bell Sanchar

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार म्याडडक फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा विक्की र सारा श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्।

जो सम्बन्ध विच्छेद गर्न चाहन्छन्।

लक्ष्मण उतेकरले निर्देशन गरेको फिल्ममा दिनेश भिजान र ज्योति देशपान्डेको लगानी छ।

फिल्मको कथा मैत्री बाजपाई, रामिज इहाम खान र लक्ष्मण उतेकरले तयार पारेका हुन्।

यो फिल्मलाई मनिष प्रधानले सम्पादन गरेका हुन्। फिल्म जुन २ देखि प्रदर्शन हुनेछ।

यस फिल्ममा सारा र विक्की पहिलो पटक एकसाथ देखिँदैछन्।

 

 

साताकाे चर्चित
सम्बन्धित