प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको चार महिनापछि संसद्का विषयत समितिको बैठक शुरू
प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको चार महिनापछि संसद्का विषयत समितिको बैठक शुरू
    • Bell Sanchar

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको चार महिनापछि संसद्का विषयत समितिको बैठक शुरू भएका छन् ।

मंगलवार बिहान प्रतिनिधि सभाका सबै समितिको बैठक बसेका हुन् ।

औपचारिक एजेण्डा नरहेको समितिको पहिलो दिनको बैठक जेष्ठ सदस्यको सभापतित्वमा बसेका छन् ।

कानून न्याय तथा मानव अधिकार समितिको अध्यक्षता नेपाली कांग्रेसका सभापति नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवाले गरेका छन् ।

देउवा आफैले मानवअधिकार समिति रोजेका थिए ।

राज्य व्यवस्था समितिको बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका छन् ।

यस्तै अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतित्व राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले गरेका छन् ।

केही दिनभित्रै समितिका सभापतिको निर्वाचन गर्नेगरी संसद् सचिवालयले तयारी गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित