जुम्लामा अटो दुर्घटना हुँदा १ जनको मृत्यु
जुम्लामा अटो दुर्घटना हुँदा १ जनको मृत्यु
    • उमेश बुढा

    • २ जेष्ठ २०८०, मंगलवार

 जुम्ला ।

जुम्लामा अटो दुर्घटना हुँदा १ जनको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जुम्ला विमानस्थलदेखि पातारासीको उर्थुतर्फ जाँदै गरेको क । १ ह २५ नम्बरको अटो दुर्घटना हुँदा चन्दननाथ नगरपालिका ( १० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रलाह्द कार्कीले बताए ।

कार्कीका अनुसार पातारासी ३ का कृष्ण बोहोरा र अटो चालक चन्दननाथ ९ का गोविन्द सार्की घाइतेलभएका छन् ।

घाइते २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित