प्रधानमन्त्री प्रचण्ड , प्रहरी अनुसन्धानमा हस्तक्षेप छैन
प्रधानमन्त्री प्रचण्ड , प्रहरी अनुसन्धानमा हस्तक्षेप छैन
    • Bell Sanchar

    • ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले यसबारे प्रश्न गरेका थिए ।

जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको बताए ।

यसलाई अन्तराष्ट्रिय संघ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै उनले भने, ‘यसमा कुनै शंका गर्नु पर्दैन ।

प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन ।’

आफूले गृह मन्त्रीलाई पनि दोषी कोही नछुटुन्, निर्दोष नपरुन भनेर आफूले भनेर प्रष्ट निर्देशन दिएको प्रधानमन्त्रीले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित