यार्सागुम्बा संकलनका क्रममा बिहीवार ढुङ्गाले लागेर एक मृत्यु
यार्सागुम्बा संकलनका क्रममा बिहीवार ढुङ्गाले लागेर एक मृत्यु
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । 

दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

यार्सागुम्बा संकलनका क्रममा बिहीवार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

यार्सागुम्बा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ ।

सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित