सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो ।

अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए ।

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् ।

यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो ।

साताकाे चर्चित
सम्बन्धित