लडाकू शिविर प्रकरणबारे प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो भएनः सांसद राई
लडाकू शिविर प्रकरणबारे प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो भएनः सांसद राई
    • बेल संचार

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं। 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफ चित्तबुझ्दो नभएको बताएका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लडाकू शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

बिहीबार राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादी शिविरमा भएको भनिएको घोटाला प्रकरणबारे प्रश्न उठाएका थिए। उक्त प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा आफ्नो संलग्ना पुष्टि भए जेल जान तयार रहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्त जवाफ चित्तबुझ्दो नभएको राईले बताए।

उनले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए।

‘सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसावले नेपाली जनताकामा आशा पलाउँछ ।

यो आशा पलाउनका लागि मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाइ र गराइमा एकरुपता हुन आवश्यक छ,’ राईले भने।

साताकाे चर्चित
सम्बन्धित