काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन् ।
संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति पौडेल संसद् भवन नयाँ बानेश्वर पुगेका हुन् ।
उनी तामझाम नगरी संसद् भवन पुगेका हुन् ।
यसअघि राष्ट्रपतिको सवारीमा तामझाम र तडकभडक धेरै हुने गरेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।