पूँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने घोषणा
पूँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने घोषणा
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सरकारले पूँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गर्ने बताए ।

यस्तै वैदेशिक रोजगारीमा गएकालाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रमा आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने घोषणा सरकारले गरेको छ ।

गैरआवासीय नेपालीको ज्ञान सीप, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित