सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास
सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास
    • Bell Sanchar

    • ६ जेष्ठ २०८०, शनिबार

काभ्रेपलाञ्चोक । 

मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् । दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका छन् भने नेपाली सेनाले गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो ।

शुक्रबार शसस्त्र प्रहरी बल नेपालको नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोकद्वारा सुनकोशी नदीमा मनसुन प्रतिकार्यसम्बन्धी उद्धार अभ्यास गरेका हुन् ।

जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थितमा आयोजित संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । साथै, प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको १६ नं गण सिन्धुपाल्चोकका गणपति प्रहरी उपरीक्षक रवि केसीले बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, भुम्लु गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर भुजेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएकाले सुरक्षाकर्मीलाई अभ्यासझैँ विपद्मा सफलता प्राप्त गर्न सुझाव दिए ।

थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा गरेको थियो ।यसअघि काभ्रे सदरमुकाम धुलिखेलथित सेनाको कालीजङ्ग गणले गत वैशाख अन्तिम साता उक्त स्थानमै विपद् प्रतिकार्य संयुक्त अभ्यास गरेको थियो । गणले ‘मनसुन–३’ नामकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बिहीबार बैठकमार्फत मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन काभ्रे्रका स्थानीय तहलाई निर्देशन दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित