मन्त्री महिन्द्रराय यादव ,सबै नागरिकसम्म स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने छ
मन्त्री महिन्द्रराय यादव ,सबै नागरिकसम्म स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने छ
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल समाजवादी पार्टीका (नेसपा) अध्यक्ष समेत रहेका उनले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए ।

उनले भने, ‘वर्तमान सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ ।’

साताकाे चर्चित
सम्बन्धित