आजदेखि प्रतिनिधि सभामा नीति कार्यक्रममाथि छलफल हुँदै
आजदेखि प्रतिनिधि सभामा नीति कार्यक्रममाथि छलफल हुँदै
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडाैं ।

प्रतिनिधिसभा बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । ११ बजे बस्ने बैठकमा आव २०८०/०८१ को  वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूले कार्यक्रममाथि सुझाव दिनेछन्  ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारको नीति कार्यक्रम व्यवहारिक नभएको भन्दै विरोध गर्ने निर्णय गरिसकेको छ ।

शनिवार बसेको संसदीय दलको बैठकले ‘फाल्तु विषय’ कार्यक्रममा समेटिएको भन्दै विरोध गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले पनि कार्यक्रमको तीव्र विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

त्यस्तै, आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।

यस अघि ४ जेठमा बोल्ने बताएका ओलीले आज बोल्ने तयारी गरेका हुन् । ओलीले शरणार्थी ठगी प्रकरणबारे केही तथ्य नै सार्वजनिक गर्ने बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित