एक नेपाली पोर्चुगलमा सुतेकै ठाउँमा मृत भेटिए
एक नेपाली पोर्चुगलमा सुतेकै ठाउँमा मृत भेटिए
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडाैं ।

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल पुगेका एक नेपाली युवाको निधन भएको छ ।

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो ।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

बिहीवार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए ।

उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउन आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।

साताकाे चर्चित
सम्बन्धित