प्रधानमन्त्री दाहाल , थोरै बोल्ने धेरै गर्ने सङ्कल्प लिएको छु
 प्रधानमन्त्री दाहाल , थोरै बोल्ने धेरै गर्ने सङ्कल्प लिएको छु
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने सङ्कल्प लिएको बताएका छन् ।

राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौँको नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफूले भन्नुपर्ने धेरै कुरा बोलिसकेको  बताउँदै आफूले यस पटक कम बोल्ने तर धेरै गर्ने सङ्कल्प लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलिरहनुभएको छ ।

यो पटक म भन्न चाहिँ थोरै भन्ने काम चाहिँ धेरै गर्ने सङ्कल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु ।”

आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको नाम लेखिएको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नागरिक राष्ट्रिय सहिद घोषणा गरेको बताए।

साथै, विभिन्न विरोधका बाबजुद पनि आफूले पुनः हल्ला नगरिकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको बताए।

यसैगरी विप्लवले राखेको विषयवस्तुले आफूलाई खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने –“ विप्लवले पछिल्लो समय मलाई अप्ठ्यारो पर्दा विशेष परिस्थितिमा वस्तुवादी र परिपक्व हुँदै आफ्नै पार्टीका नेताहरूले भन्दा पनि रचनात्मक ढङ्गले  सहयोग र सुझाव दिँदै आउनु भएको छ । यसको निम्ति उहाँ र उहाँको पार्टीका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । ”

विप्लवले मन्तव्यको क्रममा “सरकारमा बसेर तपाई अगाडी बढ्नुस् हामी सडकमा बसेर सहयोग गर्न तयार छौँ ” भनेको कुरालाई सम्झँदै प्रधानमन्त्री प्रचण्डले अब माओवादीका धाराहरू नयाँ आन्दोलनको सहयात्री हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित