पशुमा देखिएको संक्रामक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिक सक्रियता
पशुमा देखिएको संक्रामक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिक सक्रियता
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

पछिल्लो समय पशुमा देखिएको संक्रामक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो ।

आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उनले निर्देशन समेत दिएको बताए ।

संक्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्यु समेत भइसकेको बताइएको छ ।

सापकोटाका अनुसार झण्डै ४ सय पशु संक्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो ।

मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा. सापकोटाले जानकारी दिए ।

१०४ डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन् । होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो संक्रमण बढी देखिएको हो ।

तराईका जिल्लामा देखिएको संक्रमण क्रमशः बागलुङमा पनि आएको हो ।

पहिलोपटक अफ्रिकाको जाम्बियामा देखिएको रोग २ वर्षअघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग संक्रामक भएर फैलिएको सापकोटाले जानकारी गराए ।

जिल्लाका सबै पालिकास्थित पशु सेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो ।

यो रोग संक्रमण भएको गाईभैंसीमा ५ दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्काे पशुमा सर्ने गरेको भेटिएको हो ।

त्यसका लागि गोठ सफाइ गर्ने, संक्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित