२६ जेठमा राष्ट्रिय भेला , माओवादीले बनायो ‘रिटर्नी सेन्टर नेपाल
२६ जेठमा राष्ट्रिय भेला , माओवादीले बनायो ‘रिटर्नी सेन्टर नेपाल
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई समेट्न ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन बनाएको छ ।

योसँगै माओवादी केन्द्रको भातृ संगठनहरुको संख्या २४ पुगेको छ ।

हाल देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ५१ सदस्यीय ‘रिटर्नी सेन्टर नेपाल’ राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ ।

भेला सम्पन्न गर्न विभिन्न कमिटीहरु पनि गठन गरिएको छ । भिम लकान्द्रीको नेतृत्वमा विधान मस्यौदा समिति, निमेष वलीको संयोजकत्वमा डिजिटल तथा प्रचार प्रसार समिति, हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

यही जेठ २६ गते राष्ट्रिय भेला गर्ने तयारी भइरहेको प्रचार प्रसार समिति संयोजक वलीले जानकारी दिए ।

उनका अनुसार त्यो भेलाले तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने छ ।

गत बिहीबार र शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले ‘रिटर्नी सेन्टर नेपाल’ नामको भातृ संगठन गठन गर्ने निर्णय गर्दै त्यसबारे जानकारी दिन तल्लो तहका कमिटीहरुलाई सर्कुलर गरिसकेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई समेट्न एमालेले पनि ‘रिटर्नी फेडरेशन नेपाल’ नामको जनवर्गीय संगठन बनाएको छ । त्यसको नेतृत्व उत्तम अधिकारीले गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित