नेप्सेमा एकल अंकले वृद्धि
नेप्सेमा एकल अंकले वृद्धि
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो ।

गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक पुगेको छ ।

गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से १८०७.५३ अंकसम्म झरेको थियो । २३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि पुनः बढेर २२०० अंकसम्म पुगेको थियो ।

सोमबार बजार परिसूचक नेप्से ८.१० अंकले वृद्धि हुँदा १८९१.३१ को विन्दुमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य गिरावट र व्यापार उपसूचक ०.९९ प्रतिशतले गिरावट भएपनि अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ ।

उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले बढेका छन् ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गत बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ३५ लाखको कारोबार हुँदा सोल्टी होटलको ६ करोड १८ लाख र ओरियन्टल होलटको करिब ५ करोड ४० लाखको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २२१ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ७८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयरमूलय भने स्थिर छ ।

जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशतले वृद्धि भएको छ । यता ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.६७ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य २.७० प्रतिशतले गिरावट भएो छ ।

साताकाे चर्चित
सम्बन्धित