सिँजा गाउँपालिका अध्यक्ष कपमा १४ स्वर्णले भैरव मावि नराकोट प्रथम
सिँजा गाउँपालिका अध्यक्ष कपमा १४ स्वर्णले भैरव मावि नराकोट प्रथम
    • उमेश बुढा

    • ९ जेष्ठ २०८०, मंगलवार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकाले अध्यक्ष कपको आयोजना गरेर १८ विधा मध्ये १४ स्वर्ण प्राप्त गरि भैरव मावि नराकोट प्रथम भएको छ ।

जसमा ६ ओटा माध्यमिक विद्यालय खेलमा सहभागि भएर प्रतिष्पर्धामा भाग लिएका थिए ।

भैरव मावि नराकोटले १४ स्वर्ण , १ रजत , १ काँस्य प्राप्त गरि प्रथम भएको छ ।

मालिका मावि धाँपाले २ स्वर्ण , ६ रजत , १ कास्य ल्याएर द्वितिय भएको छ भने कैलाली मावि फुग्रले १ स्वर , २ रजत , ४ कास्य ल्याएर तृतीय भएको आयोजक मावि चुलेलगाउँले जनाएको छ ।

पालिका अध्यक्ष कप खेलकुद आयोजनाको जेठ ५ गते उपाध्यक्ष सितली रोकायाले उद्घाटन गर्नु भएको थियो ।

अध्यक्ष कपमा पालिका अध्यक्ष पुर्ण प्रसाद धितालको स्वास्थ्यमा समस्या भएकाले अध्यक्ष कपमा उपस्थिति हुन सकेका थिएनन् ।

४ दिन गलातार चलेको अध्यक्ष कप खेलकुद शान्तरुपमा सम्पन्न भएको खेल परिक्षकले बताउनु भयो ।

पालिकामा रहेका मावि विद्यालयहरु बिच प्रतिष्पर्धाको लागि अध्यक्ष कप सिँजा गाउँपालिकाले सञ्चालन गरेर कार्यपालिकाको बैठकले मावि चुलेलगाउँलाई आयोजकको जिम्मा दिएको शिक्षा तथा खेलकुद शाखा प्र मुख सङकर धितालले बताए ।

खेल र खेलाडीले देशको नाम राख्ने हुनाले सिजा गाउँपालिकामा पनि खेलाडी उत्पादन गरेर राष्ट , अन्तराष्टमा पुर्याउने उद्देश्यले अध्यक्ष कपको आयोजना गरेको प्रहरी धितालले बताए ।

अझै खेलाडीलाई खेल खेल्नको लागि खेल मैदानको आवश्यकता देखिएको र अहिले खेल खेलेको मैदानमा धेरै मात्रामा बतास चलेर खेलाडीको आँखामा बालुवा बस्ने गरेको खेलाडी बताउछन् ।
गत सालको असोजमा आएको वाढिपहिरोले खेलमैदानमा बालुवा बलुवा भरेर खेल मैदान बिगारेको हुँनाले खेलाडीलाई खेल खेल्न असजिलो भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित