सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छः प्रधानमन्त्री दाहाल
सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छः प्रधानमन्त्री दाहाल
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडाैं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन्।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू कुमाल समूदायसहित मुलुकका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताएका हुन्।

‘सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ। यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै  ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बताए।

प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थितिथियो।

साताकाे चर्चित
सम्बन्धित