आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित