सांसद शान्ति विकले भनिन्– नागरिकताविहीनहरूको म्यासेजले ह्वाट्सएप भरियो
सांसद शान्ति विकले भनिन्– नागरिकताविहीनहरूको म्यासेजले ह्वाट्सएप भरियो
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद शान्ति विकले नागरिकताविहीनहरूले कहिले नागरिकता पाउँछन् भनेर प्रश्न गरेकी छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताविहीनहरूको म्यासेजले मोबाइल भरिएको भन्दै छिटो कानुन बनाउन ध्यानाकर्षण गराएकी हुन्।

‘मेरो आमा नेपाली । मेरो बुवा नेपाली। मेरो दाइ नेपाली। मचाहिँ मेरो आफ्नै घरमा अनागरिक बनेको छु। म आफ्नो भविष्य खोज्ने बेलामा आफ्नो पहिचान खोजिरहेको छु।

मलाई ऋण खोजेर पढाइयो। हुर्काइयो तर मेरो परिवारले साहुको ऋण तिर्न नसक्दा टुलुटुलु हेरेर बस्नु सिवाय केही गर्न सकिनँ,’ उनले भनिन्, ‘मैले मेरो परिवारको लागि केही गर्न सकिराखेको छैन भन्दै पठाइएका शैक्षिक प्रमाणपत्रसहित म्यासेजले मेरो ह्वाट्सएप भरिएको छ।’

साताकाे चर्चित
सम्बन्धित