बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘ब्लडी ड्याडी’ को ट्रेलर सार्वजनिक (भिडिओ)
बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘ब्लडी ड्याडी’ को ट्रेलर सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । 

बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘ब्लडी ड्याडी’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार जिओ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा शाहिद र ड्रग्स माफियाबीचको द्वन्द्वलाई देखाइएको छ।

अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा शाहिदसँगै राजिव खन्डेलवाल, सञ्जय कपूर, मुकेश भट्ट, सर्ताज कक्कर, रोनित रायलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा निर्देशक जफर र आदित्य बसु मिलेर तयार पारेका हुन्।

यो फिल्म सन् २०११ मा आएको फेन्च फिल्म ‘स्लिपलेस नाइट’ को हिन्दी रिमेक हो।

फिल्ममा ज्योति देश्पान्डे, हिमान्शु किशन मेहरा, अली अब्बास जफर र गौरव बोसेको लगानी रहेको छ।

यो फिल्म जुन ७ मा ओटिटी प्लेटफर्म जियो सिनेमामा प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित