तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

 काठमाडौं ।

बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

बिहीबार चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य बिहीबार १ हजार ३५० रुपैयाँ तोकिएको छ ।

साताकाे चर्चित
सम्बन्धित