जोर्डनका युवराज र साउदी युवतीबीचको विवाह किन छ चर्चामा ?
जोर्डनका युवराज र साउदी युवतीबीचको विवाह किन छ चर्चामा ?
    • Bell Sanchar

    • १२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह र साउदी आर्किटेक्ट रजवा अल सैफबीच जुन १ तारिखमा विवाह हुँदै छ ।

तर उनीहरु विवाहअघि नै मध्य पूर्वमा मात्र नभएर दुनियाँ भरमा चर्चामा छन् ।

विवाह पूर्वका शाही समारोहका झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेका छन् ।

यो जोडीको विवाहको कुरा गत अगस्ट १० मै छिनिएको थियो ।

१० जुनमा शाही विवाह तय भएलगत्तै जार्डनमा जोडतोडले तयारी भइरहेको छ ।

विवाहको दिन जोर्डनमा सार्वजनिक विदाको घोषणा गरिएको छ ।

विवाहका लागि विश्वभरबाट पाहुना बोलाइएको छ । राजधानी अम्मानमा अरबी क्षेत्रका गायकहरुले कन्सर्ट गर्ने छन् ।

जोर्डनकी महारानी रानयाले नै आफ्ना छोराको विवाहको तयारीका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राखेकी छिन् ।

साताकाे चर्चित
सम्बन्धित