राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विस राजदूत एलिजाबेथको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विस राजदूत एलिजाबेथको बिदाइ भेट
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले बिदाइ भेट गरेकी छिन्। राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएका उनका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरेका थिए ।राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गरेका थिए।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रहँदै आएको छ ।

नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्व दिँदै आएको छ।

साताकाे चर्चित
सम्बन्धित