सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपालबाट थापाको सहभागिता
सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपालबाट थापाको सहभागिता
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार
 फ्रान्स – सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपाली युवा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् ।
अन्तर्राष्ट्रिय पेस्ट्री क्षेत्रमा जजको रुपमा उपस्थित भइसकेका सबैका प्रेरणाका श्रोत मानिने थापा पेस्ट्री क्षेत्रमा अनुभव, ज्ञान र सीपको जादुले नेपालमा मात्रै नभई विदेशमा पनि उत्तिकै प्रशंसक बटुल्न सफल चिरपरिचित नाम हो ।
सेमिनारमा विश्व-स्तरीय खानाको इकोसिस्टमको भविष्यलाई सहयोगी रूपमा सक्षम पार्ने विश्वव्यापी खाद्य सामग्री टेक प्लेटफर्म खाद्य उद्योगमा सधैं विकसित हुने खाना र पोषण प्रवृति,व्यावसायिक ज्ञान, अनुसन्धान फुड सम्वद्ध विषयको छलफल, प्रदर्शनी र तालिमका साथै सेफहरुको मुल्यांकन गरी ग्रेडिङसमेत गरिएको थियो ।
सिएसएम इनग्रेडिएंट्सको आयोजनामा फ्रान्समा यही जुन ५ बाट ९ सम्म चलिरहेको उक्त सेमिनारमा इजरायल, साउदी, अमेरिका, ग्रीस, इटाली, फ्रान्स, युके, जर्मनी लगाएतको मुलुकका चर्चित सेफहरुका साथ नेपाली ढाकाटोपीमा सजिएर नेपालबाट थापाको सहभागिता रहेको थियोे ।
फ्रान्समा रहदा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले परिसको प्रसिद्ध पेस्ट्री स्कूल इकोल बेलुएट कन्सेलबाट मोडन पेस्ट्री र केक एडभान्स डिप्लोमा एवम् हस्पिटालिटी प्रतिष्ठानमा प्रशिक्षण कार्यमा पनि उनी सकृय रहने छन। विश्व चर्चित पेस्ट्रि सेफ थापा आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट उनी व्यक्त गर्छन् ।
आफूसँग रहेका कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने नेपाली उत्पादनको विभिन्न पेस्ट्री परिकार बनाउने बिधि समेटिएको ‘कुक बुक’आउने अन्तिम तयारीमा छ ।
सालिनता,दक्षता, इमानदारी र दक्ष लिडरसिपका कारण दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुदै हाल साउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न पुगेका छन थापा ।
Seen by Raju Bhatta at Thursday 07:13
Enter
Write to Raju Bhatta

साताकाे चर्चित
सम्बन्धित