गृहमन्त्रीलाई बृहत नागरिक आन्दोलनको प्रश्न- नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न खोजिएको त होइन ?
गृहमन्त्रीलाई बृहत नागरिक आन्दोलनको प्रश्न- नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न खोजिएको त होइन ?
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नागरिक आन्दोलनका अगुवाहरुले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई डा.संजीव उप्रेती, केशव सिग्देल, घिमिरे युवराज, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापा सहितका नागरिक आन्दोलनका अगुवाहरुले भेटेका हुन् ।

भेटमा नागरिक अगुवाहरुले नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन भन्ने चासो राखेका थिए ।

जवाफमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण-अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास व्यक्त गरे ।

उनले शरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने बताए।

साथै उनले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए ।

आफूलाई कतिपयले ‘सधै गृहमन्त्री होलास् र, थुनिएकाहरू निस्किदा तेरो के होला ‘ भन्ने गरे पनि बरु शहीदको लाममा मिसिन तयार हुने तर सुशासन र जनसेवाका लागि लडिरहने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

ठोस तथ्यप्रमाण बिना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको समेत उनले बताए।

साताकाे चर्चित
सम्बन्धित