शेरबहादुर देउवा , सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरु सुझाव
शेरबहादुर देउवा , सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरु सुझाव
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

चितवन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरु सुझाव दिएका छन् ।

चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् ।

कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।

विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् ।

एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको प्रष्टिकरण दिए ।

पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको देउवाले बताए । कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

देउवाले निर्वाचनमा सकेसम्म सहमति नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न सुझाव दिए ।

साताकाे चर्चित
सम्बन्धित