काङ्ग्रेसले सिँजा २ को सरकारलाई २४ घण्टामा लिखित जवाफ माग्यो
काङ्ग्रेसले सिँजा २ को सरकारलाई २४ घण्टामा लिखित जवाफ माग्यो
    • उमेश बुढा

    • २६ जेष्ठ २०८०, शुक्रबार

 

 जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर २को नेपाली काङ्ग्रेस पार्टी कार्यसमितिले वडा नम्बर २ को स्थानीय सरकारलाई २४ घण्टामा लिखित जवाफ मागेको छ ।

गत सालको असोज महिनाको १९ गतेदेखि २३ गतेसम्मको अविरल वर्षाको कारणले २ नम्बर वडामा घर जग्गाको ठुलो क्षति पुर्याएको थियो ।

क्षतिपूर्तिका लागि पिडितलाई राहत नेपाल सरकार र विभिन्न संघ संस्थाले वितरण गरेको राहत प्रक्रियामा व्यापक अनियमितता गरेको लिखित जवाफमा उल्लेख गरिएको छ ।

अघिलो सरकारले शौलियत पसल सञ्चालन गरेर वडा नम्बर २ का जनतालाई सस्तो सुलभ मुल्यमा पाउने भनेर खाद्यान्न खुद्रा सामान राखेर पसल खोलेको थियो ।

अहिले आएर पसलमा सामान थोरै भएको र वस्तुको मुल्य बजारको रेट भन्दा उच्च भएको नेपाली काङ्ग्रेस सिँजा २ नम्बर वडा कार्यसमिति सभापति राजेश कुमार हमालले बताउनु भयो ।
वडामा गठन गरेको न्यायिक र शिक्षा समिति गठन गर्दा गोप्य गरेको पनि हमालले आरप लगाउनु भयो ।

अर्को राजनितीक दल नेकपा ९ एमाले ० पार्टी सिँजा २ नम्बर वडा कमिटिले पनि वडा सरकारलाई जनताको गुनासोलाई मध्येनजर गरेर वडा सरकारले अनियमितता गरेको र जुन व्यक्तिले राहत पाउनु पर्ने हो त्यो व्यक्तिले राहत नपाएर जनप्रतिनिधिका आफन्त , पार्टीका व्यक्तिलाई राहत दिनमा सिफारिस गरेको आरप लगाएर एमाले पार्टी वडा कमिटीका अध्यक्ष काँशिचन्द शर्माले बताए ।

सोहि वडा अध्यक्ष तिर्थ वड भन्नु हुन्छ , बाढीपीडितलाई राहत वितरण गर्दा उनको घर जग्गाको स्थलगत अनुगमन गरेर को को व्यक्तिको क्षति भएको छ । त्यही अनुरुप वडा सरकारले सिफारिस गरेर पिडितलाई राहत दिएको हो ।

वडामा न्यायिक र शिक्षा समिति गठन गर्दा सबैको सहमतिको आधारमा गठन गरेको र वडा २ मा पर्ने गाउँ , टोल , बस्ति र विद्यालयलाई समेटेर गठन गरेको अध्यक्ष वडले बताए ।

वडा सरकारले जनतालाई दिनु पर्ने सेवा नदिएर उल्टो समाजमा झैझगडा मचाउँने कार्य गरेको वडा कार्यसमिति नेपाली काङ्ग्रेसले बताएको छ ।

यसरी काम गर्दा जनताको मनमुटाव उत्पन्न गरेर जनप्रतिनिधि प्रर्ति नराम्रो कार्य गरेको र आसेपासेलाई सेवा दिलाएको पनि काङ्ग्रेसको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित