तिला ६ मा बालविवाह मुक्त घोषणा गरेको १ महिना पछि अविवाहित युवा युवतीसँग अन्तरक्रिया
तिला ६ मा बालविवाह मुक्त घोषणा गरेको १ महिना पछि अविवाहित युवा युवतीसँग अन्तरक्रिया
    • उमेश बुढा

    • २७ जेष्ठ २०८०, शनिबार

 जुम्ला ।

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ मा बालविवाह मुक्त वडा घोषणा गरेको १ महिना पछि अविवाहित युवा युवतीसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

स्थानीय वडा सरकारले वडामा रहेका युवा, युवती र किशोर किशोरीसँग बालविवाह सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सोही वडाले गत बैशाख महिनाको २६ गतेका दिन बालविवाह मुक्त वडा घोषणा गरेको थियो । जेष्ठ २६ गते ठ्याक्कै १ महिना पुगे पछि बालविवाह कतिको रोकिएको छ, वा छैन् भनेर प्रत्यक्ष जानकारी थाहाँ पाउनको लागि यस्तो कार्यक्रम गरेको वडा सरकारले जनाएको छ ।

वडा अध्यक्ष जंग रोकायाका अनुसार किर्डाक नेपाल, वर्ड भिजन, गाउँपालिकाको आर्थिक सहयोगमा र वडाको आयोजनामा गरेको हो ।

नेपाल सरकार र स्वदेशी बिदेशी संघ संस्थाले बालविवाह रोक्नको लागि ठुलो भुमिका खेलेझै वडामा पनि रोक्नको लागि ठुलो पर्‍यासका साथ बालविवाह मुक्त वडा भनाएको छु । रोकायाले भने , घोषणा गरेको १ महिनामा बालविवाह गर्नेको सङ्ख्या शुन्य रहेको अध्यक्ष रोकायाले बताए ।

अन्तरक्रिया कार्यक्रममा छलफल गर्दा २० वर्ष माथिका अविवाहित युवा युवती यस वडामा युवा ५७ जना र युवती २९ जना गरी जम्मा ८६ जना रहेको र १६ वर्षदेखि २० वर्ष मुनिका बालबालिका बालक ६१ जना , बालिका ६३ जना गरी जम्मा १४४ जना रहेको तथ्यांक संकलन गरिएको कार्यक्रम सहयोगी संस्था किर्डाक नेपाल जुम्लाकी प्रतिनिधि प्र मिला बुढाले बताइन् ।

तिला ६ ले बालविवाह रोक्नको लागि ठुलो पर्‍यास गर्दै आएको छ । बालविवाह मुक्त वडा घोषणा गरेको १ महिना पछि बालविवाह गर्नेहरुको सङ्ख्या शून्य देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित