कनकासुन्दरीमा ३२४ जना बिरामीले स्वास्थ्य सेवा लिए
कनकासुन्दरीमा ३२४ जना बिरामीले स्वास्थ्य सेवा लिए
    • उमेश बुढा

    • २८ जेष्ठ २०८०, आईतवार

जुम्ला ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औं स्थापना दिवशको अवसरमा हाटसिँजा स्वास्थ्य चौकीमा १ दिने शिविर सञ्चालन गरेर ३२४ जना बिरामीलाई सेवा दिनु भएको छ ।

कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ४ मा रहेको हाटसिँजा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर बसेर विभिन्न रोग भएका रोगी व्यक्तिहरुलाई चेकजाँच गरेर उपचार गरेको हाटसिँजा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो ।

दन्तरोग , सुगर , पेसर लगायतका रोग सम्बन्धि समस्या भएका बिरामीहरुको विशेषज्ञ स्वास्थ्यकर्मीबाट चेकजाँच गरेर उपचार भएको उपाध्यायले बताए ।

दिवशको अवसरमा जुम्लाको कनकासुन्दरीमा स्वास्थ्य शिविर राखेर दिवश मनाएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजना र कनकासुन्दरी गाउँपालिका आर्थिक सहयोगमा १ दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

कनकासुन्दरीका गाउँ , टोल र वस्तिहरुमा विभिन्न रोग भएका विरामीहरु रुपैयाँको अभावले घरदेखि टाढा चेकजाँच गरेर उपचार गर्न समस्या परेका बिरामीहरुका लागि घर नजिकैबाट स्वास्थ्य सेवा लिनको लागि यो शिविर पालिकाले माग गरेर हाटसिंजा स्वास्थ्य चौकीमा सञ्चालन गरेको हो ।

निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिन पाउँदा शन्तोषजनक भएको बिरामीहरु बताउँछन् । घर नजिकै खर्चै नगरि उपचार पाउँदा बिरामी भने निकै खुसी देखिन्छन् ।

साताकाे चर्चित
सम्बन्धित