भीम रावल , पशुपति नाथ मन्दिरमा पूजा गरेकोप्रति टिप्पणी
भीम रावल , पशुपति नाथ मन्दिरमा पूजा गरेकोप्रति टिप्पणी
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं । 

नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथ मन्दिरमा पूजा गरेकोप्रति टिप्पणी गरेका छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यही ‘चिन्तन २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?’ भन्दै प्रश्न गरेका छन् ।

भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने बताएको समेत रावलले स्मरण गरेका छन् । ‘प्रमं प्रचण्डले मन्त्रीहरूसहित पशुपतिनाथको दर्शन गर्नुभएछ।

यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला?,’ उनले भनेका छन्, ‘प्रमंले भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमंले प्रचण्डलाई अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो !?’भारत भ्रमणको क्रममा उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका प्रधानमन्त्री प्रचण्ड शनिवार प्रचण्ड पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए ।

सो क्रममा उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएको बताइएको छ  ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि पुगेका थिए ।

साताकाे चर्चित
सम्बन्धित