कांग्रेस सांसद दीपक गिरीले बालेनलाई धन्यवाद दिँदै भने , हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो
कांग्रेस सांसद दीपक गिरीले बालेनलाई धन्यवाद दिँदै भने , हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमागि बोल्दै उनले आम नागरिकले सांसदको भूमिका नचिनेको र विकास निर्माणको अपेक्षा गर्ने बताएका हुन्।

‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्‍याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं।

राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्‍यो, केही पाइन्छ कि? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’

सांसद विकास कोषको बचाउ गर्दै उनले अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाृचन क्षेत्रमा पुगेको बताए।
‘कम गाह्रो छ, राति फोन आउँछ। अन्यथा नमान्नुहोला, जलपान खाएको फोन आउँछ, अब त चिन्न छाड्नुभयो होला? चिन्नुहुन्न होला ?

नेपाली स्तर यस्तो छ, आफू पनि जलपान गरेको भए त झगडा पर्न सक्छ। हा… भन्नुस्।

अवस्था यस्तो छ नेपालको? अहिले २५ औं फोन आएको छ, आफूले त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो? पहिलेपहिले त आउँग्थ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो? विकास खै? कता के जवाफ दिने? सांसदज्यूहरूको वह हो यो?,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित