बजेटको पूर्वसन्ध्यामा ठूलो संख्यामा विद्युतीय गाडी भित्रिएको बारे प्रश्न , विष्णु पौडेल
बजेटको पूर्वसन्ध्यामा ठूलो संख्यामा विद्युतीय गाडी भित्रिएको बारे प्रश्न , विष्णु पौडेल
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं । 

बजेटको पूर्वसन्ध्यामा ठूलो संख्यामा विद्युतीय गाडी भित्रिएको बारे संसदमा प्रश्न उठेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले बजेटको अगाडि ११ सय गाडी भित्रिनुलाई संयोग मात्र भन्न नसकिने बताएका हुन् ।

‘एकातिर विद्युतीय सवारी साधनमा कर परिवर्तन हुनु र अर्कोतिर जेठ १५ को ठीक अगाडि करीब ११०० विद्युतीय सवारी साधन भित्रिनुलाई संयोग मात्र हो भनेर चित्त बुझाउन मिल्छ सभामुख महोदय ?’ पूर्व अर्थमन्त्री पौडेलले प्रश्न गरे ।बजेटअघि अस्वाभाविक ढंगले विद्युतीय गाडी भित्रिएको बारे लोकान्तरले समाचार प्रकाशन

समाचार प्रकाशन भएपछिको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि यो विषयमा संसदमा बोलेका थिए । ​

पूर्व अर्थमन्त्री पौडेलले अधिकांश वस्तुमा कर लगाउने सरकारको निर्णयले सर्वसाधारण जनतालाई मार परेको बताए ।

‘महंगा मोटरसाइकलको कर घटाउने र अधिकांशले प्रयोग गर्ने कम मूल्यका मोटरसाइकलको कर बढाउने निर्णय पनि आधारहीन र अनुचित छ,’ पौडेलले भने ।

छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार जवाफ दिने कार्यक्रम छ ।

गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित