एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन सुदूरपश्चिम प्रदेशसभामा
एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन सुदूरपश्चिम प्रदेशसभामा
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

धनगढी।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।

पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।

सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित