रास्वपाका सांसद खनाल भन्छन्–बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ पाएन
रास्वपाका सांसद खनाल भन्छन्–बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ पाएन
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

 काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ नै नपाएको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले नीतिमा समावेश गरिएको कुरा बजेटले नसमेटेको बताएका हुन्।

‘बुँदा २१०ले बूढानीलकण्ठजस्तो विद्यालय मुख्य सहरहरूमा बनाउने भनिएको छ। हामीले बूढानीलकण्ठ विद्यालयको प्रतिविद्यार्थी खर्च हेर्‍र्यौं भने वर्षको साढे चारलाख जस्तो पर्छ। तर, नेपालका अन्य सामुदायिक विद्यालयले प्रतिविद्यार्ती साढे १७–१८ हजार खर्च गर्छ। ज्ञानोदयजस्तो विद्यालयले प्रतिविद्यार्थी १८ हजार खर्च गर्छ। आजको सन्दर्भमा बूढानीलकण्ठजस्तो विद्यालय बनाउने हो कि, राम्रा विद्यालय पनि बनाउने हो?’ उनले भने।

उनले हाम्रो अर्थतन्त्रले कस्तो विद्यालय बनाउने भने निर्क्यौल गर्न चुकेको बताए। त्यस्तै नीतिले बोलेका कुरामा बजेट मौन बसेको बताएका हुन्।

‘विद्यालय कर्मचारीका कुरा नीति कार्यक्रममा समेट्यौ बजेटमा छु्ट्यो। शिक्षा ऐन, विश्वविद्यालय पुनःसंरचना र गुणस्तरका कुरा नीति कार्यक्रममले बिर्सियो। गेटा विश्वविद्यालयमा त आन्दोलन नै भइराखेको छ,’ उनले भने।’

साताकाे चर्चित
सम्बन्धित